काठमाडौं । एनआईसी एशिया बैंकले २ अर्ब ४० करोड नाफा कमाएको छ । सो नाफा अघिल्लो वर्षभन्दा १६.५७ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकले २ अर्ब ६ करोड नाफा कमाएको थियो ।
पुस मसान्तमा सो बैंकले २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको ब्याज आम्दानीमा उच्च सुधार देखिएको छ । बैंक यो अवधिमा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ९४ करोड मात्रै थियो ।
त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले ८५ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो सोही हाराहारीमा रहेको थियो ।
ब्याज आम्दानीमा उच्च सुधारका बाबजुद इम्पेरिमेन्ट चार्ज शीर्षकमा धेरै रकम छुट्याउनु परेपछि बैंकको नाफा अपेक्षित बढ्न नसकेको हो । अघिल्लो वर्ष ७ करोड १९ लाख फिर्ता पाएको बैंकले यो अवधिमा यही शीर्षकमा २४ करोड २० लाख रुपैयाँ मात्रै छुट्याउनु परेको छ ।
बैंकले अहिले कमाएको नाफा प्रतिशेयर ४१.४३ रुपैयाँ हो । अघिल्लो वर्ष यो ३५.७३ रुपैयाँ थियो । बैंकले अहिलेसम्म बोनस घोषणा नगरेकोले अहिले प्रतिशेयर आम्दानीमा वृद्धि देखिएको हो । बैंकको निष्क्रिय कर्जा यो वर्ष ०.४७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ०.४३ प्रतिशत थियो ।


