काठमाडौं । सिभिल बैंकको नाफामा १ सय ४८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ५० करोड ४० नाफा कमाएको छ । अघिल्लो वर्ष सो बैंकले २० करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तमा सो बैंकले ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको ब्याज आम्दानीमा राम्रो सुधार गरेको छ । बैंक यो अवधिमा १ अर्ब ४६ रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९३ करोड थियो ।
त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले २१ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १८ करोड थियो ।
यो अवधिमा बैंकले इम्पेरिमेन्ट चार्ज शीर्षक धेरै रकम छुट्याउनु परेको छैन । अघिल्लो वर्ष १९ करोड छुट्याएको बैंकले यो अवधिमा यही शीर्षकमा ५ करोड रुपैयाँ छुट्याएको छ । यसले पनि नाफा वृद्धिमा सहयोग गरेको छ ।
बैंकले अहिले कमाएको नाफा प्रतिशेयर ११.६६ रुपैयाँ हो । अघिल्लो वर्ष यो ४.८३ रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा यो वर्ष १.७० बाट घटेर ०.९३ प्रतिशतमा झरेको छ ।
*यसअघि प्राविधिक कारणवश नाफा वृद्धि १ सय ५४ प्रतिशत हुन गएकोमा सच्याइएको छ । -सम्पादक


