images
images

दोस्रो त्रैमाससम्ममा नाफा घट्ने यी हुन् ५ बैंक


  • 1.0K
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    दोस्रो त्रैमाससम्ममा नाफा घट्ने यी हुन् ५ बैंक

    काठमाडौं । ५ वाणिज्य बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ती बैंकहरुको नाफा घटेको हो । हालसम्म वित्तीय विवरण प्राप्त भएका २२ बैंकमध्ये प्राइम कमर्शियल बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक र कुमारी बैंकको नाफा घटेको हो ।

    प्राइम बैंकले अघिल्लो वर्ष १ अर्ब ८१ करोड नाफा कमाएकोमा यो वर्ष १ अर्ब ६४ करोडमा झरेको छ । यो ७.४३ प्रतिशतको गिरावट हो । 

    एभरेष्ट बैंकले अघिल्लो वर्ष ९६ करोड कमाएकोमा यो वर्ष ८३ करोड मात्रै कमाएको छ । यो १२.७९ प्रतिशत कम हो ।

    नेपाल बंगलादेश बैंकको नाफा १३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनामा बैंकले ९४ करोड कमाएकोमा यो वर्ष यस्तो कमाइ ८१ करोडमा सीमित भएको छ ।

    प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घटेर १ अर्ब २६ करोडमा पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ५१ करोड थियो । 

    कुमारी बैंकको नाफा सबैभन्दा बढी २१.७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६ महिनामा १ अर्ब २१ करोड कमाएको कुमारीको नाफा यो वर्ष ९५ करोडमा सीमित भएको हो । 

    अहिले जम्मा २२ वटा बैंकको मात्रै वित्तीय विवरण प्राप्त भएको छ । ती विवरण प्राप्त गर्दा यो संख्या थपिन सक्छ । 


    images

    Logo