images
images

बैंकिङ प्रणालीबाट आइतबार एकमुष्ठ १३ अर्ब निक्षेप बाहिरिँदै


  • 1.0K
    SHARES
  • २०७८ माघ ८ गते शनिबार

    बैंकिङ प्रणालीबाट आइतबार एकमुष्ठ १३ अर्ब निक्षेप बाहिरिँदै

    काठमाडौं । आइतबार बैंकिङ प्रणालीबाट एकमुष्ट रुपमा १३ अर्ब रुपैयाँ बाहिरिँदैछ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई दोस्रो किस्ताबापत तिर्नुपर्ने १३ अर्ब रुपैयाँ तिर्न लागेसँगै प्रणालीबाट रकम बाहिरिन लागेको हो । 

    निगमले बैंक तथा वित्तीय संस्थामा राखेको यस्तो रकम निकालेर राष्ट्र बैंकसँग भारु सटही गर्छ र आईओसीलाई पठाउँछ । यसले गर्दा देशको विदेशी मुद्रा घट्छ भने बैंकहरुमा भएको तरलता राष्ट्र बैंकमा पुग्छ । यसले बैंकिङ क्षेत्रको निक्षेप पनि घटाउँछ । 

    निगमले आईओसीलाई मासिक २ किस्ताका दरमा रकम भुक्तानी गर्दै आएको छ । जसअनुसार पहिलो किस्ता ५ तारिखका दिन र दोस्रो किस्ता २३ तारिखका दिन भुक्तानी हुने गरेको छ । 


    images

    Logo