images
images

एक सातामा १३ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी ठप्प


  • 421
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    एक सातामा १३ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी ठप्प

    काठमाडौं । वाणिज्य बैंकको निक्षेप एक सातामा १३ अर्बले घटेको छ । माघ महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेपमा कमी आएको हो । 

    पुस मसान्तमा बैंकहरुसँग ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थियो । माघ ७ गते आइपुग्दा यस्तो निक्षेप ४३ अर्ब १३ अर्ब रुपैयाँमा  झरेको हो । 

    पुस मसान्तमा बैंकहरुको निक्षेप बढेको थियो । त्यसभन्दा अघिल्लो साता पनि स्थानीय तहमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्ने व्यवस्थासँगै एकै साता झन्डै ५० अर्ब रुपैयाँ निक्षेप बढेको थियो । 

    निक्षेपमा कमी आएसँगै बैंकहरुले कर्जा प्रवाहलाई समेत ठप्प बनाएका छन् । एक सातामा जम्म १ अर्ब रुपैयाँ मात्रै थप कर्जा विस्तार भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । 


    images

    Logo