काठमाडाैं । मर्जर तथा प्राप्ति प्रक्रियाका कारण विकास बैंक र वित्त कम्पनीको संख्या घट्दा त्यसको प्रभाव राष्ट्र बैंकमा परेकाे छ । संख्या घटेर काम कम भएपछि विकास बैंक र वित्त कम्पनीलाई सुपरिवेक्ष विभाग समेत मर्जरमा गएको हो ।
राष्ट्र बैंक व्यवस्थापन समितिको माघ ११ गते बसेको बैठकले दुई संस्थालाई मर्ज गरेर ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ नामको विभाग गठन गर्ने निर्णय गरेको हो । यो निर्णय फागुन १ गतेदेखि लागु हुनेछ ।
मर्जरका कारण विकास बैंक र वित्त कम्पनीको संख्या घटेपछि दुई विभागलाई मर्ज गरिएको हो । हाल १७ वटा विकास बैंक र १७ वटै फाइनान्स कम्पनी गरी जम्मा ३४ वटा संस्था संस्था मात्रै अस्थित्वमा छन् । त्यसमध्ये पनि २ कम्पनी खारेजीको चरणमा छन् । खारेजीपछि यस्तो संस्थाको संख्या ३२ मा झर्नेछ । यसघि विकास बैंकको संख्या ८९ र वित्त कम्पनीको संख्या ७८ सम्म पुगेको थियो ।


