काठमाडौं । ६ महिनापछि धितोपत्र बोर्ड पायो नयाँ नेतृत्व पाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रमेश हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल २ वर्षको हुनेछ । यसअघि अध्यक्ष छनौट गर्न सिफारिस समितिले उनीसहित ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि तात्कालिन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित भएसँगै बोर्ड नेतृत्वविहीन थियो । नेतृत्व नहुँदा नियमित बाहेक बोर्डका सबैजसो निर्णय प्रभावित हुँदै आएको थियो ।


