काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर र घरजग्गा धितोमा जाने ऋणमा व्यापक कडाइ गरेको छ । राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट लोन, हायर पर्चेज लोन, अटो लोन, रियलस्टेट लोन र शेयर धितोमा जाने कर्जाको लोनमा जोखिम भारलाई १ सय ५० प्रतिशत पुर्याएको हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेको नीतिगत व्यवस्था अनुसार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि अहिले यस्तो ऋणमा जोखिम भारको सीमा १०० प्रतिशत थियो ।
व्यापारिक प्रयोजनका लागि लिइने ट्रष्ट रिसिप्ट लोनको जोखिम भारलाई भने १ सय २० प्रतिशत पुर्याइएको छ ।