images
images

नेशनल प्याब्सन भक्तपुरको आठौं साधारण सभा सम्पन्न 


  • 1.0K
    SHARES
  • २०७८ फाल्गुण १४ गते शनिबार

    नेशनल प्याब्सन भक्तपुरको आठौं साधारण सभा सम्पन्न 

    भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुरको जिल्लाको आठौं साधारण सभा सम्पन्न भएको छ ।

    प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको हो । “सरकार निजी विद्यालयको हत्या गर्न चाहन्छ , तर हत्या गर्यो भने बात लाग्ने भएकाले सरकार निजी विद्यालयलाई आत्महत्या गराउन खोज्दैछ” उनले भने, सरकारले ऐन बनाएर निजी विद्यालयलाई कस्न खोजेको उल्लेख गर्दै सहकारी र गुठीमार्फतमात्र निजी विद्यालय सञ्चालन गर्न खोज्नु गलत रहेको बताए । 

    उनले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा गएसँगै निजी विद्यालय संघ र स्थानीय तहको चेपुवामा परेको र स्थानीय तहले विद्यालयसम्बन्धि एकल अधिकारको प्रयोग गर्दाको मार निजी विद्यालयले भोगेको जनाए ।

    कार्यक्रमको सभापत्तित्व गरेका नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले नेशनल प्याब्सन भक्तपुरले शैक्षिक नीति बनाएको उल्लेख गर्दै सोहि अनुसार अघि बढिरहेको जानकारी दिए । सबै सदस्य विद्यालयको जग मजबूत बनाउनका लागि “पूर्व प्राथमिक तह स्तरोन्नति ९मन्टेश्वरी पद्दति० जुल्लाका ३४ सदस्य विद्यालयमा २०७८ साल चैत्र महिना देखि सुरु गरिने बताए ।

    साथै जिल्लाका सचिव जय प्रकास राईले संचालन गरेको साधारण सभा कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका सल्लाहकार एवं जीबी खड्काले नेशनल प्याब्सनले थुप्रै उतारचढाव झेलेको उल्लेख गर्दै नेशनल प्याब्सन समृद्धितिर लागिरहेको बताए । 

    उनले निजी विद्यालयप्रति सरकार सकारात्मक नभए पनि शिक्षाको विकासका लागि निजी तवरले उल्लेखनीय योकदान दिएको चर्चा गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।उनले नेशनल प्याब्सन भक्तपुरले जग्गा खरिद गरिसकेको अवस्थामा छिटोभन्दा छिटो भवन निर्माणतर्फ लाग्न सुझाव दिए । 

    कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका सल्लाहकार बिक्रम ढुकुछुले निजी विद्यालयहरूका समस्या समाधानमा राज्य नलागेकोले स्वयम् विद्यालय सञ्चालक नै लाग्नु पर्नेमा जोड दिए । उनले निजी विद्यालयलाई राज्यले नियमन गर्न खाज्नु राज्यकै लागि घातक हुनेतर्फ राज्यले मनन् गर्नुपर्ने बताए । 

    डोलेश्वर भिलेज रिसोर्टमा नेशनल प्याव्सन भक्तपुरको साधारण सभाको अवसर पारेर टाटाले नयाँ स्कुल बस लन्च गरेको छ । नयाँ मोडल र विशेषता सहितको स्कुल बस नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले संयुक्तरूपमा लन्च गरेका थिए । 

    विद्यालयहरूका लागि आवश्यक र विद्यार्थीमैत्री स्कुल बस नयाँ मोडलका साथ बजारमा आएको बताउँदै सिप्रदीका मार्केटिङ अफिसर विकास दाहालले स्कुल बस बिएस फोर टाटा मार्कोपोलो भएको जनाए । 

    उनले सो बसमा एबिएस ब्रेक, ८५ एचपी पावर र सिआर इन्जिन रहेको उल्लेख गर्दै बस खरिदमा क्यास डिस्काउन्ट र एक्सचेञ्जको पनि सुविधा रहेको बताए ।


    images

    Logo