काठमाडौं । नेपालको मन्त्रिषदको र संसदले पठाएको व्याख्यात्मक टिप्पणीलाई अमेरिकले सकारात्मक सर्मथन दिएको छ । व्याख्यात्मक टिप्पणीलाई शनिबार औपचारिक रुपमा दुतावासको माध्यमबाट अमेरिका पठाएको थियो ।
दुतावासले हिजो उक्त मस्यौदालाई अमेरिका पठाएको थियो । अमेरिकाले टिप्पणी सहित आज बिहान सर्मथन गरेको हो । अन्तराष्ट्रिय सधिका अनुसार अमेरिकालाई कुनै आपत्ति नहोस भनेर लेखिएको यो एक पक्षीय टिप्पणी मात्र हो ।
सतारुढ गठबन्धले आइतबार बिहान बैठक बसेर व्याख्यात्मक टिप्पणीलाई पारित गर्ने निणय गरेको छ ।


