काठमाडौं । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) छलफल प्रस्ताव स्वीकृत भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उत्तः प्रस्ताव बहुमतले पारित गरिएको हो ।
छलफल प्रस्ताव पारित भएसँगै दफावार छलफलका लागि आजै अर्को बैठक बोलाइएको छ । आगामी बैठक साँझ ६ः३० बजे बस्नेछ ।