काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ं को व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ । संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको स्वीकृत गरेको हो ।
यस अघि बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि साढे ६ बजे बसेको मन्त्रिपरिषद बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको स्वीकृत गरेको हो । संसद भवनभित्र बसेको मन्त्रिपरिषदको बैठक ६ मिनेट बसेर सकिएको थियो ।