काठमाडौं । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित विरुद्ध ८ दलले सोमबार नेपाल बन्दको घोषणा गरेका छन् ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनबिक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनतासिन्त्रक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकले एमसीसी सम्झौता पारित गर्नेगरी छलफल अघि बढिरहेको छ । आजै यो सम्झौता पारित हुने सम्भावना छ ।


