काठमाडौं । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमाेदन भएको छ । आइतबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकको छलफलपछि उक्त सम्झौता सामान्य बहुमतबाट अनुमोदन गरिएको हो ।
सम्झौतासँगै सरकारले १२ बुँदे व्याख्यात्मक घोषणा समेत गरेको छ । उक्त घोषणामा नेपालले गरेको उक्त सम्झौता परियोजना कार्यान्वयनको हकमा मात्रै लागु हुने उल्लेख गरिएको छ ।