काठमाडौं । एमसीसी पास भएसँगै एमसीए नेपालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा तयारीका लागि सडक मर्मत तथा प्रविधिक सहायतातर्फ व्यवस्थापन देखि कार्यालय सहयोगि सम्मका लागि कर्मचारी माग गरेको हो ।
एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर, अनुगमन मुल्यांकन तथा आर्थिक बिश्लेषण गर्ने व्यवस्थापन, लिड इन्जिनियर, उर्जा क्षेत्रको पुर्नरसंरचना बिशेषज्ञ, अनुगमन मुल्यांकन बिशेषज्ञ, म्यानेमेन्ट गर्ने असिस्टेन्ट, कार्यालय सहयोगि र डाइभर पदका लागि आवेदन माग गरेको छ ।
यी पदको लागि १५ मार्च सम्म आवेदन दिन सक्ने जनाइएको छ । करिब ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको विद्युत प्रसारणलाई तथा ३ बटा ४ सय केभी क्षमता सब–स्टेशन निर्माण र ७७ किलोमिटर बिस्तार गर्ने आयोजना कार्यान्वयनमा ल्याउनका लागि सो कर्मचारी माग गरिएको हो ।


