images
images

एमसीसी पास भएलगत्तै देउवालाई अमेरिकी मन्त्रीको फोन


  • 583
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    एमसीसी पास भएलगत्तै देउवालाई अमेरिकी मन्त्रीको फोन

    काठमाडौं । मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित भएसँगै अमेरिकी विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् । विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बुधबार देउवासँग कुराकानी गरेका हुन् ।

    लामो समयदेखि संसदीय प्रक्रियामा अड्किएको सो सम्झाैतालाई आइतबार प्रतिनिधिसभाले अनुमोदन गरेको थियो । अनुमोदनका लागि देउवाले निर्णायक भूमिका निर्वाह गरेका थिए । एमसीसीलाई सं‌सदमा छलफल हुन नदिएको नेकपा माओवादी केन्द्रकै समर्थनमा उक्त प्रस्ताव पारित भएको थियो । प्रस्ताव पारित भएपछि दुई सरकारबीच उच्चस्तरीय कुराकानी भएको हाे । आजको वार्तामा एमसीसी सम्झाैताका कार्यान्वयन, द्विपक्षीय हित, आर्थिक विकास र क्षेत्रीय चुनाैतीको सम्बन्धमा छलफल भएको विदेशमन्त्री एन्टोनीले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।  

    उक्त वार्तामा रुस र युक्रेनको द्वन्दको बारेमा पनि छलफल भएको थियो ।  रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको बारेमा छलफल भएको एन्टोनी ट्वीटर मार्फत उल्लेख गरेका छन् । रुस र युक्रेनको युद्धको सम्बन्धमा नेपाल खुलेर युक्रेनको पक्षमा लागेको छ । 


    images

    Logo