images
images

जिल्ला अस्पताल बर्दियालाई अक्सिजन प्लान्ट जडान गर्न रु डेढ करोड


  • 510
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    जिल्ला अस्पताल बर्दियालाई अक्सिजन प्लान्ट जडान गर्न रु डेढ करोड

    बाँके । कोरोना संक्रमणको उच्च जोखिम रहेको  बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको छ ।

    सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्कालका लागि उद्योग,  वाणिज्य    तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड  विनियोजन भएको बताए ।  

    जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको बताए । 

    उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा  थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए ।
     
    दोस्रो लहरको कोरोना महामारीमा  सङ्घीय सरकारले देशभरिका १२  अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ ।   


    images

    Logo