काठमाडौं । नेपाल चेम्बर अफ कमर्श (एनसीसी) ले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएकोमा स्वागत गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै चेम्बरले अब परियोजना सम्झौतालाई प्रभावकारी कार्यन्वयन लाग्नुपर्नेमा जोड दिएको छ ।
प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको सो सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो । प्रशारण लाइन निर्माणले मुलुकको बिद्युत व्यापारलाइ टेवा प्रदान गर्ने हुँदा उर्जा क्षेत्रमा लगानी वढ्ने आशा राखेको र सडक पूर्वाधारको स्तरोन्नतीले व्यापारमा सहजीकरण ल्याउने चेम्बरको विश्वास छ ।
५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने परियोजनाको सफल कार्यान्वयनबाट आगामी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाइ छ ।
एमसीसी परियोजना अन्तरर्गत निर्माण हुने ४ सय केभी क्षमताको शंखरापुर लप्सेफेदी लप्सेफेदी–रातामाटे, रातामाटे–हेटौंडा, दमौली–बुटवल प्रसारण लाइन र सवस्टेसन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तरदेशीय विद्युत व्यापारका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष राजेन्द्र मल्लले बताए । ५० करोड डलर बराबरको सो आर्थिक परियोजना मुलुकको विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपुर्ण आधार हुने अध्यक्ष मल्लको भनाइ छ । ‘
एमसीसी परियोजना बन्ने आधार खडा भएको छ । यसले निजी क्षेत्रमा पनि उत्साह जगाएको छ’, । उनले भने, यो विशुद्ध आर्थिक परियोजनाको पाँच वर्षभित्रमा सफल कार्यन्व्यन गरि आर्थिक समृद्धि तथा नमुना योजनाका रुपमा विकास गरिनुपर्दछ, ।’
चेम्बर अफ कमर्सले वुधबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजना कार्यन्वयनमा सरकार र सरोकारवाला हातेमालो गरेर अघि वढ्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई समेत समयमै सम्पन्न गर्ने वातावरण बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।


