काठमाडौं । ९ कम्पनीहरुले साधारण सभा आव्हान गरेका छन् । यी साधारण सभा बोलाएका कम्पनीहरु मध्ये अधिकांशको लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ भने केहीको आईपीओ निष्काशन तथा मर्जर लगायत एजेण्डा तय भएका छन् ।
साधारण सभा आव्हान गरेका अधिकांश बीमा कम्पनी, जलविद्युत र फाइनान्स रहेका छन् । साधारण सभा गर्न लागेका कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, नेको इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र ग्रामीण विकास लघुवित्त रहेका छन् ।
कर्णाली डेभलपमेन्ट बैंकले १७ औं वार्षिक साधारण सभा फागुन २० गते शुक्रवार गर्ने भएको छ । सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरिक्षकको नियुक्ती गर्ने भएको छ । भने बैंकको बुक क्लोज २८ गतेदेखि फागुन २० सम्म गरेको थियो ।
जानकी फाइनान्सको फागुन २२ गते आइतबार हुने भएको छ यो कम्पनीको फागुन ७ गते बोलाएको कम्पनीको २५औं वार्षिक साधारण सभा स्थगित भएको थियो भने सो साधारण सभा फेरी फागुन २२ बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्सको बुक क्लोज माघ २६ गतेदेखि फागुन ६ सम्म गरेको थियो ।
युनाइटेड मोदी हाइड्रोपावरको फागुन २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिनको लागि बुक क्लोज गरेको थियो । त्यस्तै, नेशनल हाइड्रोपावरको फागुन ३० गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।सभाले आर्थिक बर्ष २०७७/७८ को खुद मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने फागुन १३ गते एक दिन बुक क्लोज गरेको थियो ।
नेको इन्स्योरेन्सका २६ औं वार्षिक साधराण सभा चैत ९ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सको कम्पनीले आउँदो चैत ११ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको हो ।कम्पनीको फागुन १३ गते गते गर्ने भएको छ । सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । यसको बुक क्लोज भने तोकेको छैन ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८ औं वार्षिक साधारण सभा फागुन ३० गते गर्ने भएको छ । सभाले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।उक्त नेशनल लाइफ इन्स्योरेन्सले आउँदो फागुन २९ गते ३३औं वार्षिक साधारण सभा गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
ग्रामीण विकास लघुवित्तले फागुन २८ गते सातौं वार्षिक साधारण सभा गर्न लागेको छ।यो लघुवित्तले सेयरधनीहरुलाई कुनैपनि लाभांश दिएको छैन् । सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि एक दिनको लागि बुक क्लोज गरेको हो ।


