काठमाडौं । इमजिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको कारोबारको पहिलो दिन न्यनतम १ सय ५ दशमलव ११ र अधिकतम ३ सय १५ दशमलव ३३ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ । यस कम्पनीको शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा हुनेछ ।