काठमाडौं। नयाँ पुनर्बीमा कम्पनी दर्ताका लागि बीमा समितिले दिएको समयसीमा समिएको छ । समितिले आज मध्यान्ह १२ बजेसम्मको सय दिएर पुनर्बीमा कम्पनी खोल्न समय दिएको थियो ।
तोकिएको समय अवधिसम्म बीमा समितिमा ५ वटा कम्पनीले पुनर्बीमा कारोबार अनुमतिका लागि आवेदन दिएका छन् । समितिका अनुसार यसरी आवेदन दिने कम्पनीहरुमा अन्नपूर्ण रि, काठमाडौं रि, जेन्युन रि, प्रुडेन्सियल रि र हिमालयन रि रहेका छन् ।
समितिले यसअघि दर्ता भएका सबै निवेदनलाई खारेज गरेर नयाँ आवेदन प्रक्रिया सुरु गरेको थियो । अब प्राप्त आवेदनलाई आधार मानेर एउटा कम्पनीलाई पुनर्बीमा लाइसेन्स दिने तयारी समितिले गरेको छ ।