images
images

आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने


  • 631
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर आज देखि निष्कासन गरेको छ । कम्पनीले आइतबार १०ः४  बराबरको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । 

    कम्पनीले ४६ करोड ३० लाख रुपैयाँ बराबरको ४६ लाख ३० हजार कित्ता हकप्रद शेयर जारी गरेको छ । माघ २८ गतेसम्म दोस्रो बजारमा शेयर कायम भएका शेयरधनीहरुले उक्त हकप्रद शेयर आवेदन दिन लागि योग्य हुनेछन् । उक्त हकप्रद शेयरमा चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ । 

    हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।


    images

    Logo