काठमाडौं । हिमालयन बैंकको मर्जर कमिटीबाट आशिष शर्मा र सुनिल थापाले राजीनामा दिएका छन् । थापा र शर्मा बैंकको सञ्चालक हुन् । आशिष शर्मा र सुनिल थापा हिमालयन बैंकको मर्जर कमिटी रहेका थिए । बैंकको साधारणसभाबाट पारित नभएपछि थापा र शर्माले राजीनामा दिएका हुन् ।
साधारण सभाले प्रस्तावबाट अस्वीकृत गरेपछि मर्जरमा बस्नु अर्थ नभएको भन्दै उनीहरले राजीनामा दिएका हुन् । गत बैशाख ३० गते हिमालयन बैंक र इन्भेष्टन्ट बैंक बीच मर्जर सम्झौता भएको थियो ।