images
images

स्वास्थ्य सामग्री आयातमा भन्सार महशुल तथा कर छुट दिने


  • 476
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    स्वास्थ्य सामग्री आयातमा भन्सार महशुल तथा कर छुट दिने

    काठमाडौं । नेपाल सरकारबाट कोभिड–१९ संक्रमित बिरामीहरूको लागि प्रयोग हुने औषधि तथा मेडिकल सामग्रीहरू आयात गर्दा भन्सार महशुल लगायतका शुल्क र कर छुट दिने भएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सुचना जारी गर्दै मेडिकल सामग्रीहरूको आयात गर्दा भन्सार महशुल शुल्क र करमा छुट दिइएको जानकारी दिएको हो । 

    औषधि व्यवस्था विभागले आपूर्ति सहजीकरण गर्ने निर्णय भएको आयातकर्ता, वितरक तथा विक्रेताले  रेम्डेसिभिर औषधिको खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने छ । 

    साथै, अक्सिजन सिलिन्डर, मेडिकल ग्रेड अक्सिजन, लिक्विड अक्सिजन ट्याङक, भेन्टिलेटर मास्क, अक्सिजन रेगुुलेटरलगायत आईसियु बेडको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्ने छ ।

    साथै मन्त्रालयले कर महशुल छुटमा पैठरी हुने उपरोक्त अनुसारका औषधि तथा स्वास्थ्य सामग्रीको मूल्य गुणस्तर एवं बिक्री वितरणको अनुगमन हुने हुँदा वस्तुहरुको गुणस्तर परीक्षण गरी अधिकतम खुद्रा मूल्यको जानकारी विभागमा गराउन आग्रह गरेको छ ।

     


    images

    Logo