काठमाडौं । फागुन २६ गते (मार्च १०) मा मृगौला दिवस विस्व भरिनै मनाइने भएको छ । विश्व मृगौला दिवसको दिन नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाउने तयारी भएको छ ।
विश्व मृगौला दिवसको दिन आयोजित समारोहमा मष्तिस्क मृत्युबाट हुने अंगदान तथा अंग प्रत्यारोपण जस्ता कार्यक्रमलाई विशेष जोड दिइने भएको छ । उक्त कार्यक्रममा विशिष्ट व्यक्तिबाट अंगदान हुने भएको छ ।
यस वर्ष मृगौला दिवसको दिन बिहान ७:४५ बजे काठमाडौंको शान्ति बाटिकाबाट मृगौला पथयात्रा गर्दै दसरथ रंगशालासम्म पुग्नेछन् । सोही दिन प्रत्यारोपित अंगदाता, चिकित्सक, कलाकार पत्रकार, समाजसेवी, बीच मैत्रीपुर्या फुटबल प्रतियोगिता पनि हुनेछ । र सोहि ठाउँमा उक्त कार्यक्रम समापन समारोह तथा अंगदान अंग प्रत्यारोपण सम्बन्धि कार्यक्रम पनि हुनेछ ।
साथै, सो दिन स्वास्थ्य सेवा दिवसको दिन अंग दान गर्नु भएका स्वास्थ्य मन्त्री, मुख्य सचिव, स्वस्थ्य सचिव लगाएतका विशिष्ठ व्यक्तिहरुलाई अंगदान कार्ड वितरण पनि गरिने भएको छ ।


