images
images

सन्दर्भ : विश्व मिर्गाैला दिवस

मिर्गौला रोगबाट बच्ने यी हुन् ८ ‘गोल्डेन रुल’


  • 418
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    मिर्गौला रोगबाट बच्ने  यी हुन् ८ ‘गोल्डेन रुल’

    काठमाडौं । शरीरमा रहेका विकारलाई प्रशोधन गरेर शुद्ध रक्तसञ्चार गराउन मिर्गौलाले काम गर्छ । त्यसैले मिर्गौलालाई शरिरको प्रशोधन केन्द्रको रुपमा समेत चिनिन्छ । मिर्गौलाले ९० प्रतिशत खराबी हुँदासम्म पनि शरिरमा प्रशोधनको काम गरिरहन्छ । तर, सोभन्दा बढी खराबी भएपछि मिर्गौलाले का मगर्न छोड्छ । यस्तो अवस्थामा शरिरको प्रशोधनका लागि डाइलासि गर्ने वा स्वस्थ व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने विकल्प हुन्छ । 

    मिर्गौलासम्बन्धी त्यस्तै जानकारीको आदानप्रदानका लागि आज विश्व मिर्गौला दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो कार्यक्रम तय गरिएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रले यो दिवसलाई अंगदान घोषणाको दिवसको रुपमा मनाउने प्रयास समेत गरेको छ । 

    मिर्गौला रोगको कुनै उपचार छैन, यसका लागि सावधानी नै प्रमुख उपाय हो । तर, मिर्गौला खराब हुन नदिन के गर्ने त ? केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठ मिर्गौला बचाउने ८ वटा उपाय हुने बताउँछन् । यसलाई ८ गोल्डन रुलको रुपमा समेत व्याख्या गरिने गरिएको उनको भनाइ छ । 

    यी हुन् मिर्गौला रोगबाट बच्ने ८ ‘गोल्डेन रुल’

    १. स्वस्थ र सक्रिय हुने
    २. चिनी रोग तोकिएको स्तरुमा कायम गर्ने
    ३. रक्तचापलाई नियन्त्रण गर्ने
    ४. स्वस्थ खानेकुरा खाने । शरिरको तौललाई नियन्त्रणमा राख्ने । 
    ५. प्रशस्त पानी पिउने ।
    ६. धुम्रपान नगर्ने ।
    ७. एन्टिबायोटिक वा अन्य नदुख्ने औषधिहरु नखाने ।
    ८. पिसाब प्रवाहलाई नियमित गर्ने । पत्थरीको समस्या भए समयमै उपचार गराउने ।


    images

    Logo