images
images

नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लोर उडान पुनः सुचारु गर्दै


  • 758
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लोर उडान पुनः सुचारु गर्दै

    काठमाडौं । नेपाल एयरलाइन्सले भारतको मुम्बई र बैङ्लोरकाे उडान पुनः सुचारु गर्ने भएको छ । एयरलाइन्सले आगामि चैत देखि दुबै स्थानमा उडान गर्ने भएको हो । 

    कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्षदेखि उक्त स्थानहरुमा हवाई उडान बन्द रहेको मुम्बईमा चैत १३ गते र बैङ्लोरमा चैत १५ गतेबाट  पुनः उडान सुरु गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ । यी दुबै स्थानमा साताको ३/३ उडान हुने भएको छ । 

    मुम्बईका लागि बुधबार, शुक्रबार र आइतबार उडान हुनेछ भने बैङ्लोरका लागि मंगलबार, बिहिबार र शनिबार हुनेछ । यी उडान पछि मुम्बई तथा बैङ्लोर जानको लागि दिल्ली भएर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । 


    images

    Logo