काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। उनको स्थायी घर सुर्खेत हो ।
उनी नेपाल विद्युत प्राधिकरणका सञ्चालक समेत भइसकेका छन् । उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र हुन् ।