कोरोनाको लक्षण नदेखिएकालाई पीसीआर अनिवार्य नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
468
SHARES
२०७८ फाल्गुण २७ गते शुक्रबार
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण अनिवार्य नगर्न आग्रह गरेको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको हो ।
मन्त्रालयका सह–प्रववक्ता डा। समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरिएको छ ।