काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
बैंकले ९१ दिन र ३६४ दिन गरी दुई किसिमको ट्रेजरी बिल बिक्री गर्ने लागेको हो । ९१ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ रहेको छ भने ३६४ दिन अवधिको लागि पनि ५ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ३६४ दिन अवधिको भएको बिल नयाँ हो भने ९१ दिन अवधिको बिल नवीकरण गरिएको हो ।
९१ दिन अवधिको बिल आगामी जेठ ३१ गते परिपक्व हुनेछ । ३६४ दिन अवधि रहेको २०७८ फागुन ३० गते परिपक्व हुनेछ ।