images
images

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु


  • 467
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

    वाग्मती । आज बिहान ९ः०० बजे राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ ।  

    हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्वाचन केन्द्र निर्धारण गरिएको थियो । 

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया अगाडी बढाएका थिए । 

    उनी सँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध भएका थिए ।

    प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ । 

    निर्वाचनमा प्रदेशसभा सदस्य ११० मध्ये १०९ र स्थानीय तहका २३८ गरी जम्मा ३४७ मतदाता रहेका छन् । 

    प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ ।


    images

    Logo