images
images

 नेपालमै उत्पादन हुने भयो रेम्डेसिभिर औषधि


  • 520
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

     नेपालमै उत्पादन हुने भयो रेम्डेसिभिर औषधि

    काठमाडौं । नेपालमा रेम्डेसिभिर औषधि उत्पादन गर्न  औषधि व्यवस्था विभागले अनुमति दिएको छ ।

    कोभिड–१९ सङ्क्रमितको उपचारका लागि रेम्डेसिभिर औषधि प्रयोग गरिन्छ । 

    वीरगञ्जस्थित नेशनल हेल्थ केयरले रेम्डेसिभिर औषधि उत्पादन 
     गर्न अनुमति पाएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । 

    औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

    यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रु पाँच हजार पर्छ ।  

    नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए ।  

    यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र  १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ । 


    images

    Logo