images
images

फागुन महिनामा वाणिज्य बैंकको निक्षेप १४ अर्बले बढ्याे, कर्जा लगानी १० अर्ब पुग्यो


  • 415
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    फागुन महिनामा वाणिज्य बैंकको निक्षेप १४ अर्बले बढ्याे, कर्जा लगानी १० अर्ब पुग्यो

    काठमाडौं । बाणिज्य बैंकहरुले फागुन महिनामा मात्रैं १४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । सोमबार नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप सो परिणाममा निक्षेप बढेको हो । 

    फागुनको पहिलो साता बैंकहरुको निक्षेप ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको मा फागुन अन्तिम साता हुँदा १४ अर्ब रुपैयाँले बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । तर अन्तिम साता बैंकहरुको निक्षेप २ अर्बले मात्रै बढेको छ । 

    संघका अनुसार बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढ्दम कर्जा लगानी पनि १० अर्ब रुपैयाँले बढेको छ । फागुन पहिलो साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको थियो सो रकम अन्तिम साता आउँदा १० अर्ब रुपैयाँले बढेर ४१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । 

    गत साताको तुलनामा कर्जा लगानी यस साता १ अर्ब रुपैयाँले घटेको छ । गत साता कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो । उक्त रकम यस सातामा १ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ६९ अर्ब कायम भएको छ ।  


    images

    Logo