images
images

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा


  • 429
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

    काठमाडौं । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ ।

    आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम) को एक कन्टेनर सामान ढुवानी गरी काठमाडौंसम्म ल्याइपुर्‍याउँदा भारतीय बाटो प्रयोग गरे पनि ढुवानीमा करीब ६ लाख रुपैयाँ खर्च पथ्र्यो । 

    तर कोभिडपछि चीन सरकारले नाका सहज रूपमा नखुलाउँदा व्यापारीहरूले वैकल्पिक मार्गको प्रयोग गरी भारतको विशाखापत्तनम् र कोलकाता बन्दरगाह हुँदै ल्याउने गरेका छन्, जसले गर्दा ढुवानी खर्च ९ लाख रुपैयाँले बढेर १५ लाखसम्म पुगेको उनीहरूको भनाइ छ ।

    उत्तरी नाकामा अवरोध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्नुपरेको व्यापारीहरू बताउँछन् । उत्तरी नाकाकै प्रयोग गरी सामान आयात गर्दा पनि अहिले ढुवानी भाडा चर्को पर्ने गरेको बताइएको छ । 


    images

    Logo