काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ८० पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ७६ पैसा रहेको छ ।



