images
images

गुगलका प्रडक्टहरु सार्वजनिक,छाला तथा कपालको रोग पत्ता लगाउने देखि एन्ड्रोइड १२ 


  • 467
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    गुगलका प्रडक्टहरु सार्वजनिक,छाला तथा कपालको रोग पत्ता लगाउने देखि एन्ड्रोइड १२ 

    काठमाडौं ।  मंगलबार देखि गुगलले डेभलपर्स कन्फ्रेन्सको वार्षिक सम्मेलन सुरु गरेको छ । 

    निकै बहुप्रतिक्षित तथा महत्वपूर्ण मानिएको यस पटकको सम्मेलनमा गुगलले आफ्ना विभिन्न नयाँ प्रडक्टहरु सार्वजनिक गरिसकेको छ । 

    गुगलले यस सम्मेलनमा अहिलेसम्म सार्वजनिक गरिसकेका प्रडक्टहरु यस्ता छन् ।

    १। समावेशी क्यामेरा :
    गुगलले  मानिसको छालाको वर्णलाई जस्ताको तस्तै उतार्न सक्ने  स्मार्टफोन क्यामरा बनाएको छ । गुगलका अनुसार स्मार्टफोन क्यामरामा रहेको auto white balance adjustments मा परिवर्तन गरिँदैछ जसले छालाको प्राकृतिक खैरो वर्ण खिच्न सक्दछ ।

    साथै, गुगलले नयाँ अल्गोरिदम निर्माणमा समेत काम गरिरहेको छ जसले पृष्ठभूमिबाट वस्तुलाई राम्रोसँग छुट्टाउन सकिन्छ । 
    यो वर्षको अन्त्यतिर बजारमा आउने गुगल पिक्सेल फोनमा उक्त फिचर सहितको क्यामरा उपलब्ध हुने गुगलले जनाएको छ । 

    २। गुगल फोटोजमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स :

    अब गुगल फोटोजले पनि फेसबुक तथा एप्पलको मेमोरिज फिचर जस्तै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी सान्दर्भिक फोटोहरुको संग्रह तयार गरिदिनेछ । 

    यसमा प्रयोगकर्ताले कुन कुन फोटो तथा सन्दर्भहरुलाई यस्तो संग्रहबाट हटाउने भन्ने कुराको निर्णय गर्न सक्नेछन् । 

    त्यस्तै गुगल फोटोजमा little patterns  नामक नयाँ फिचर थप हुनेछ । जसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी फोटोहरु स्क्यान गर्नेछ र समान खालका तस्वीरहरु छानेर एल्बम तयार गर्नेछ । 

    साथै गुगलले नयाँ मेसिन लर्निंगको प्रयोग गरी एकै ठाउँ तथा सन्दर्भका तस्वीरहरु जोडेर भिडियो जस्तै मुभिङ इमेज तयार पार्नेछ । यसलाई गुगलले सिनेम्याटिक मोमेन्ट्सको नाम दिएको छ ।

    ३। भाषामा समावेशीता :

    गुगलले स्मार्ट क्यानभास नामक नयाँ फिचर लञ्च गरेको छ । यो एउटा छाता प्लाटफर्म हो, जसमा गुगल डक्स, मिट, शिट्स, टास्क तथा स्लाइड लगायतका सामेल हुनेछन् । 

    साथै गुगलले एसिस्टेड राइटिंग टूल पनि ल्याएको छ । यसले प्रयोगकर्तालाई लैंगिक मैत्री भाषा प्रयोगका लागि सुझाव दिनेछ । उदाहरणका लागि प्रयोगकर्ताले Chairman लेखेमा गुगलले Chairperson अथवा chari लेख्ने विकल्प सुझाउनेछ । 

    यो फिचरका विषयमा थप विस्तृत जानकारीहरु आउने हप्ताहरुमा सार्वजनिक गरिने गुगलले जनाएको छ ।

    ४। एन्ड्रोइड १२ :
    गुगलले एन्ड्रोइडको इतिहासमै सबैभन्दा ठूलो डिजाइन परिवर्तनको दाबी गर्दै नयाँ अपरेटिंग सिस्टम एन्ड्रोइड १२ घोषणा गरेको छ । 

    नयाँ अपरेटिंग सिस्टमयुक्त स्मार्टफोनमा स्क्रिनको उपल्लो भागमा बल्ने प्रकाशबाट एपले क्यामरा तथा माइक्रोफोन प्रयोग गरे नगरेको पत्ता लगाउन सकिनेछ । 

    यो फिचर आइफोन डिभाइसमा चाहिँ पहिले देखि नै उपलब्ध थियो । नयाँ अपरेटिंग सिस्टममा प्रयोगकर्ताले आफ्नो एकिन लोकेसनको साटो आसपासको लोकेसन समेत शेयर गर्न सक्दछन् । 

    तेश्रो पक्ष एपहरुबाट अन्य व्यक्तिहरुले प्रयोगकर्तालाई ट्रयाक गर्नबाट रोक्नका लागि यो फिचर सहयोगी हुने अपेक्षा गरिएको छ ।

    ५। थ्री डी भिडियो कन्फ्रेन्सिङ :

    आफ्नो वार्षिक डेभलपर्स कन्फ्रेन्समा गुगलले नयाँ भिडियो च्याट सिस्टम निर्माणमा काम गरिरहेको घोषणा गरेको छ । 

    जस अनुसार अब प्रयोगकर्ताले आफूसँग च्याट गर्ने व्यक्तिलाई थ्री डीमा देख्न सक्नेछन् । starline  नाम दिइएको उक्त परियोजनाले भिडियो च्याटलाई अल्ट्रा रियालिस्टिक बनाउने बताइएको छ । 

    जारी कोरोना भाइरस महामारीका कारण भिडियो कन्फ्रेन्सिंगलाई बढि भन्दा बढी उत्कृष्ट बनाउने दबाब गुगलमाथि पनि परेको सन्दर्भमा थ्री डी भिडियो च्याट विकास गर्न लागेको हो । 

    यद्यपि तत्कालै यो प्रविधि प्रयोगकर्ताको पहुँचमा भने हुनेछैन । यो आम प्रयोगकर्ताका विद्यमान स्मार्टफोनहरुमा प्रयोग गर्न सकिने छैन ।

    ६। छाला तथा कपालको रोग पत्ता लगाउने :

    गुगलले अर्को नयाँ तथा निकै कामलाग्ने टूल पनि घोषणा गरेको छ । उक्त टुलले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले मानिसका छाला, नङ तथा कपालको विश्लेषण गर्नेछ । 

    प्रयोगकर्ताले अपलोड गर्ने तस्वीरको आधारमा उक्त टुलले छाला, कपाल तथा नङमा देखिने खराबी पहिचान गर्ने तथा त्यसको बारेमा जानकारी पनि उपलब्ध गराउनेछ । 

    गुगलका अनुसार यो टुलले युरोपमा चिकित्सा टुलको रुपमा उत्कृष्टताको अवार्ड समेत पाइसकेको छ ।


    images

    Logo