images
images

डलर सटही तथा क्रिप्टो कारोबारमा संलग्न २ विरुद्ध मुद्धा दायर


  • 556
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    डलर सटही तथा क्रिप्टो कारोबारमा संलग्न २ विरुद्ध मुद्धा दायर

    काठमाडौं । राजस्व अनुशन्धान विभागले विभिन्न मोबाइल एप्सको प्रयोग गरि अमेरेकी डलर सटही तथा क्रिप्टोमा लगानी गरेको आरोपमा २ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेकाे छ । मोरङ जिल्लाका पुष्कर श्रेष्ठ र विनिता लिम्बु विरुद्ध मुद्धा दायर भएको हाे । 

    उनीहरुले विभिन्न बैंकहरुको स्टेटमेन्ट बरामत गरि विभिन्न मोबाइलको एप्सबाट विदेशी विनिमय अमेरेकी डलर सम्बन्धि कसुरमा संलग्न रहि डलरको अनलाइन मार्फत अबैध कारोबार गरेको आरोपमा उनीहरु विरुद्ध मुद्धा दायर भएको छ । 

    प्रतिबादीहरुले यस्तो अबैध अनलाइन कारोबारमा संलग्न रही पुष्कर श्रेष्ठले मेगाा बैंक, सिटिजन्स बैंक, एनआइसी एसिया, राष्ट्रिय बाणिन्य बैंकमा गरि जम्मा ७ बरोड ५७ लाख रुपैयाँ ठगी गरेका छन् भने विनिता लिम्बुले एनआइसी एसिया बैंकबाट २ करोड १६ लाख गरि जम्मा ९ कराड ७४ लाख रुपैयाँको अनलाइन ठगी गरेका छन् । 

    बिगो बराबरको जफत हुने र ३ वर्ष जेल सजायको माग गर्दै माठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरिएको  छ । 


    images

    Logo