images
images

डा. पुष्पराज कँडेलद्वारा एघार  स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय


  • 530
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    डा. पुष्पराज कँडेलद्वारा एघार  स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय

    काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त हुनुभएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ लिए । 

    नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो । 

    हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।  

    शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका  एघार  स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको उनका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए । 


    images

    Logo