images
images

गैर सांसद ७ मन्त्री पदमुक्त, सर्वोच्चले गर्यो यस्तो निर्णय 


  • 815
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    गैर सांसद ७ मन्त्री पदमुक्त, सर्वोच्चले गर्यो यस्तो निर्णय 

    काठमाडौं । सर्वोच्च अदालतले ७ जना मन्त्रीको नियुिक्त बदरको आदेश दिएको छ । सर्वोच्चले गत फागुन २३ मा गरेको फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका मन्त्रीहरूको नियुक्ति बदर गरेको हो । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । 

    बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका ७ मन्त्रीको नियुक्ति बदर गरेको हो ।  सर्वोच्चले संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । 

    सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

    अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले सात मन्त्रीको नियुक्ती बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    ministers2.jpg


    images

    Logo