images
images

निरन्तर उकालो लाग्दै सेयर बजार


  • 582
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    निरन्तर उकालो लाग्दै सेयर बजार

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ अंकमा पुगेको छ । यो दिन २ करोड १ लाख  कित्ता सेयर ९ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ ।

    आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    यो दिन उपसमूहतर्फ फाइनान्समा ६ प्रतिशतको वृद्धि देखिएको छ । गुनडविल फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने समता घरेलु ९.९६ प्रतिशत, गुरास फाइनान्समा ९.८८ प्रतिशत, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर ९.८७ प्रतिशत, जानकी फाइनान्सको ९.७७ प्रतिशत, गुहेश्वरी मर्चेन्ट एन्ड बैंकिङ फाइनान्सको ९.४५ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको सेयर ९.३५ प्रतिशतले बढेको छ ।

    साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा पाँचथर पावर कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना र ओरियन्टल होटल्स छन् ।

     


    images

    Logo