काठमाडौं । वाणिज्य बैंकहरुमा फागुन महिनामा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्ष संघको विवरण अनुसार फागुन महिनामा उक्त परिणममा निक्षेप बढेको हो ।
संघका अनुसार फागुन पहिलो साता ४३ अर्ब १२ अर्ब रुपैयाँ रहेको निक्षेप फागुन अन्तिममा आयँदा ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । फागुन २७ गते ४३ खर्ब २६ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते ७ अर्ब रुपैयाँले बढेर ३४ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको बैकर्ष संघले जनाएको छ ।
त्यस्तै, संघका अनुसार फागुन महिनामा बाणिज्य बैंकहरुको कर्जा लगानी पनि १३ अर्ब रुपैयाँले बढेको छ । पहिलो साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको मा अन्तिम साता हुँदा १३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुन अन्तिम साता मात्रै बैंकहरुले ३ अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् ।


