राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको मतदानमा देवकोटालले रामबहादुर थापा ‘बादल’ लाई पराजित गरेका हुन् । खिमलाल देबकोटाको ५ हजार ८८ मत आउँदा निकटतम प्रतिद्वन्दी बादलको ४ हजार १४ मत मात्रै आएको छ ।
माओवादीबनट राष्ट्रिय सभामा यसअिघ निर्वाचित थापा एमालेमा प्रवेश गरेसँगै सो पद रिक्त भएको थियो । रिक्त पदमा नेकपा एमालेले थापालाई नै अघि सारेको थियो भने माधव कुमार नेपालसहित विपक्षी गठबन्धनले देवकोटालाई स्वतन्त्र रुपमा मतदान गर्ने निर्णय गरेका थिए ।