काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
आज भएको मतदानमा डा देवकोटाले ५ हजार ८८ र नेकपा एमालेका रामबहादुर थापाले ४ हजार १४ मतभार प्राप्त गरे ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।