काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह मनाउने भएको छ । सेबोनले यहि चैत ७ गते देखि चैत १३ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने भएको हो ।खास गरि युवाहरुलाई वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले बोर्डले उक्त आयोजना गर्न लागेको हो ।
बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा विश्व वित्तीय सप्ताह मनाउन लागिएको जनाएको छ । कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सिडिएससि, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, व्यसायी, रेटिङ्ग एजेन्सी समेत सहभागी हुने बोर्डको भनाई छ । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हकहितको संरक्षण गर्ने मुख्य उदेश्य लिएको बोर्डले पूँजी बजार सम्बन्धी साक्षरतामा अभिबृद्धि गर्न सहयोग पुग्ने बोर्डले जनाएको छ ।
धितोपत्र बजार सम्बन्धमा भएका द्विविधा हटाउने, बजारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि मार्फत सवलीकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न पनि सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।


