काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । साे विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ४३ पैसा रहेको छ ।


