काठमाडौं । रामबहादुर थापा ‘बादल’ को राजनीतिक जीवनमा बिहीबार एकैपटक कालो बादल मडारिएको छ । एकैदिन उनको मन्त्री पद गुमेको छ भने गुमेको सांसद पद फेरि हात पार्ने सपना समेत चक्नाचुर भएको छ ।
बिहीबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार खिमलाल देबकोटासँग १ हजार भन्दा बढी मतले पराजित भए ।
उता निर्वाचनको कार्यक्रम अन्तर्गत मतदान जारी रहँदा अन्तरिम रुपमा मन्त्री भएका बादलको पद समेत गुमेको छ । गैरसांसद मन्त्री नियुक्त भएका मन्त्रीको नियुक्ति विरुद्ध सर्वोच्चमा परेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले बादल लगायत ७ जनालाई मन्त्रीको हैसियतमा काम नगर्न आदेश दिएको हो ।