images
images

वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ गतेदेखि सुरु


  • 483
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ गतेदेखि सुरु

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सुर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार चैत १९ गतेदेखि सुरु हुने भएको छ । 

    वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभिएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुने भएको हो । गाभ्ने गाभिने कार्यलाई फागुन ५ गते नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको थियो भने कम्पनी रजिष्टार कार्यालयबाट चैत १ गते स्वीकृति दिइएको थियो । 

    यी दुवै कम्पनीको गत पुस १६ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।


    images

    Logo