काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइतबार तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । नेप्सेका अनुसार एनएमबि बैंक, एभरेष्ट बैंक र गणपति लघुबित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत अर्थात् २ करोड ४ लाख ७ हजार ४ सय ५१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, एभरेष्ट बैंकको ६ प्रतिशत अर्थात् ५३ लाख ३६ हजार २ सय ३० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
उक्त गणपति लघुबित्तको १९ प्रतिशत अर्थात् २ लाख ४१ हजार ९ सय ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । उक्त बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा काराबोर हुनेछ ।


