काठमाडौं । २५ अर्बको विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । आइतबार नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको २०८२ 'च' र २०८३ 'च' को विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो ।
२०८२ 'च' को ४ बर्ष अबधिको लागि ५.९६ प्रतिशत ब्याजदर अर्थात् १५ अर्बको विकास ऋणपत्र ने्प्सेमा सुचीकृत भएको छ । त्यस्तै, २०८३ 'च' ५ बर्ष अबधिको लागि ६.९३ प्रतिशत ब्याजदर अर्थात् १० अर्बको विकास ऋणपत्र ने्प्सेमा सुचीकृत भएको छ ।
राष्ट्र बैंकले २०८२ “च” नामक विकास ऋणपत्र वार्षिक ५ दशलमव ९६ प्रतिशत ब्याजदरमा फागुन ४ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८२ फागुन ४ गते हुनेछ । २०८३ “च” नामक विकास ऋणपत्रको वार्षिक ६ दशलमव ९३ प्रतिशत ब्याजदरमा फागुन ९ गते निष्काशन भएको थियो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ फागुन ९ गने हुनेछ ।


