काठमाडौं । चैत महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवैमा कमि आएको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार चैत पहिलो साता बैंकहरुको निक्षेपमा ५ अर्ब रुपैयाँले कमि आएको छ भने कर्जा लगानी ४ अर्ब रुपैलाँले घटेको छ ।
फागुन अन्तिम साता ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको निक्षेप चैत पहिलो सातामा ५ अर्ब रुपैयाँले घटेर ४३ खर्ब २८ अर्ब रुपैयाँमा सिमित भएको छ । त्यस्तै, फागुन अन्तिममा ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैकहरुले चैत पहिलो सातामा आउँदा ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।


